काठमाडौं । साउनको अन्तिम सोमबार शिवालयहरुमा दर्शनार्थीको घुईचो लागेको हो ।
चन्द्रागिरि नगरपालिका,थाहा नगरपालिका र ईन्द्रसरोबर गाउपालिकाको संगममा रहेको भालेश्वर मन्दिरमा शिव भक्तहरुको भिड लागेको थियो । चन्द्रागिरि हिल्स प्रा.लीले मन्दिर परिसरमा विषेश आरतीको कार्यक्रम गरेको हो । आरतीमा हजारौं भक्तजनहरु शिव भजनमा झुमेका थिए भने आरतीमा मोहित देखिन्थे ।चन्द्रागिरि हिल्स प्रा.लीले साउनको प्रत्येक सोमबार मन्दिर परिसरमा विषेश आरतीको कार्यक्रम गर्दै आएको हो ।आरती अवलोकन गर्न जाने दर्शनार्थीका लागि प्रा.लिले केवलकार टिकट दरमा विषेश सहुलियत समेत दिएको थियो ।
प्रकृतिक,धार्मिक र ऐतिहासिक घटनाका कारण चर्चित चन्द्रागिरि पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा बिकास भइरहेको छ । समुद्र सतहबाट २,५५१ मिटर अग्लो स्थानमा रहेको चन्द्रागिरिबाट देखिने दृष्यले जो कोहिलाई मोहित बनाउदछ । चन्द्रागिरिबाट काठमाडौं उपत्यका नियालेपछि पृथ्वीनारायण शाह नेपाल एकीकरणमा उत्प्रेरित भएको ऐतिहासिक सन्दर्भ छ। काठमाडौं उपत्यकामा लढाइँ गर्नुअघि उनले भालेश्वर मन्दिरमा पूजापाठ गरेको भनाइ छ। यी र यस्ता बिशेषता बोकेको चन्द्रागिरि डाँडा भने पछिल्लो समय धार्मिक पर्यटकिय स्थलको रुपमा समेत चर्चित हुदै गएको हो ।
थानकोट, चित्लाङ र मार्खु आसपासका बासिन्दा उहिल्यैदेखि हिन्दू धार्मिक मान्यता अनुसार भालेश्वर महादेवको पूजा गर्न चन्द्रागिरि जाने गरेकोमा अहिले भने देश तथा बिदेशबाट समेत धार्मिक आस्था सहित उक्त स्थानमा पुग्ने गरेको पाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय