काठमाडौं । बागमती प्रदेशको नवनियुक्त उद्योग,वाणिज्य भुमी तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले चन्द्रागिरि स्थित भालेश्वर महादेवकोे पौराणिक मन्दिर ओझेलमा परेको बताएकी छिन ।
चन्द्रागिरि भालेश्वर महादेव मन्दिर संरक्षण समितिले मन्त्रि श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले चन्द्रागिरिकै ऐतिहासिक धार्मिक स्थल भालेश्वरको पौराणिक मन्दिर बिकासको लागि आर्थिक बर्ष २०८२/८३ मा १० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको बताइन ।मन्त्री श्रेष्ठले मन्दिर क्षेत्रलाई स्थानीयले अपनत्व ग्रहण गर्न पाउने गरि भालेश्वर महादेव मन्दिर संरक्षण समितिले कार्य गरेको भन्दै प्रशंसा समेत गरिन । उनले भनिन ‘भालेश्वर महादेव मन्दिर संरक्षण समितिकै कारण काठमाडौं र मकवानपुर क्षेत्रको महत्वपूर्ण स्थल भालेश्वरको पौराणिक मन्दिर अतिक्रमणको चपेटाबाट केहि मात्रामा भएपनि मुक्त भएको छ’। उनले हरेक बर्ष फागु पूर्णिमाको दिनमा मन्दिरमा आई पुजापाठ गर्ने गरेको स्मरण गर्दै आगामी दिनमा पौराणिक भालेश्वर मन्दिरको बिकासका लागि कुनैपनि भुमिका निर्वाहगर्न पछि नपर्ने बताइन । चन्द्रागिरि भालेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष श्याम बलामीले भालेश्वर मन्दिर क्षेत्र पवित्र भुमि भएको र यसको ऐतिहासिक सास्कृतिक महत्व भएको बताउदै यस्को प्राचिनता,ऐतिहासिकता र धार्मिक महत्वमा हा्रस आउने गरि गरिने कुनैपनि गतिबिधी स्वीकार्य नहुने बताए ।
उनले मन्त्रि श्रेष्ठलाई सफल कार्यकालको सुभकामना दिदै चन्द्रागिरि नगर क्षेत्रमा रहेका ब्यथितीमाथी निर्मम भएर नितिगत निर्णय गर्नुहुनेमा विश्वास व्यक्त गरे । मन्त्री श्रेष्ठले भालेश्वरको पौराणिक मन्दिरमा पुजाआजा समेत गरेकी थिइन ।

