काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय कलंकीका कार्यालय सहयोगी पदमा कार्यरत एकेन्द्र कुँवरलाई नियन्त्रणमा लिएको हो ।
चन्द्रागिरि नगरपालिका वडा नंम्बर १३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस÷रिसवत मागेको आरोपमा कुँवर पक्राउ परेका हुन । चन्द्रागिरी–१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत तेह्र हजार मागेकोे भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले सोमबार स्टिङ्ग अपरेसन गरेको हो ।
अख्तियारको टोलीले नापी कार्यालय कलंकीका कार्यालय प्रमुखको मोबाइल डिभाइस– २ थान, सोही कार्यालयका सर्भेक्षकको मोबाइल– १ थान र सोही कार्यालयका कार्यालय सहयोगी पदमा कार्यरत एकेन्द्र कुँवरको साथबाट घुस/रिसवत वापत लिइएको रु. तेह्र हजार रुपैयाँ एवं मोबाइल डिभाइस थान–१ समेत नियन्त्रणमा लिईएको हो ।

