काठमाडौं । सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–२ सिम्ले बस्ने ३० वर्षीय बुद्ध लामा रहेको प्रहरीले जानकारी दिएको हो ।ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले लामालाई सोमबार पक्राउ गरेको हो ।

त्यस्तै, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका–५ बस्ने ३२ वर्षीय महेन्द्र सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।महेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।

यसैगरी सुर्खेतमा नै २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा विरेन्द्रनगर नगरपालिका–१ सोलिघोप्टे बस्ने २३ वर्षीय सुरेश कुमार आचार्यलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सुरेशले ती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सुरेशलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय