काठमाडौं । काठमाडौं महानगरपालिका–३१ बाट अवैध लागूऔषध खैरो हेरोइन २९ ग्राम र नगद १२ हजार ४ सय ५० रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनकुटा पाख्रिबास नगरपालिका–५ घर भएका ३१ वर्षीय डिल्ली बहादुर कटुवाल र काठमाडौं महानगरपालिका–३१ मध्यबानेश्वर बस्ने झापा भद्रपुर नगरपालिका–२ घर भएका ३० वर्षीय शैलेश थापा मगर रहेका छन् । प्रहरीले डिल्ली बहादुरको कोठा तलासी गर्दा उक्त लागु औषध फेला परेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–१६ गणेशस्थान मार्गबाट नियन्त्रित लागूऔषध नोर्फिन १२ एम्पुल, डाईजेपाम १२ एम्पुल, फेनारगन १२ एम्पुल र नगद ९ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३७ वर्षीय प्रदिप खड्गीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–६ बौद्ध स्तुपाबाट नियन्त्रित लागूऔषध नोर्फिन ३९ एम्पुल, फेनारगन ३९ एम्पुल, डाईजेपाम ४० एम्पुल र नगद ९० हजार रूपैयाँ सहित ललितपुर कुपनडोल बस्ने दोलखा शैलुङ गाउँपालिका–४ घर भएका २५ वर्षीय मनोज श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय