काठमाडौं । नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँको आयोजनामा हुदै आएको राष्ट्रिय लाखे नाच महोत्सव २०८२, भाद्र १४ गते हुने भएको हो ।
चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले,नगर प्रवक्ता एवं वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण प्रसाद खडगीले महोत्सवको ब्यानर बिहिबार सार्वजनिक गरेका हुन । लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायको कला–संस्कृति एकै स्थानमा देख्न, हेर्न पाइनुका साथै संस्कृति जगेर्नामा योगदान पुग्ने भन्दै नगरपालिका प्रमुख घनश्याम गिरीले युवापुस्तामा संस्कृति, परम्परा र मौलिकता उजागर गर्न महोत्सवले ठूलो सन्देश दिदै आएको बताए । उनले महोत्सवमा भागलिई सम्पूर्ण पालिकाहरुका इच्छुक संस्कृतिप्रेमीलाई आव्हान गरे । ब्यानर सार्वजनिक भएसंगै महोत्सवको औपचारिक प्रचारप्रसार सुरु भएको छ । महोत्सवमा देशका बिभिन्न ५० जिल्लाका लाखेहरु सहभागि हुने अपेक्षा रहेको नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाऊका अध्यक्ष रमेश शाहीले जानकारी दिए ।https://www.facebook.com/share/v/1HyhbUqgVY/
राष्ट्रिय लाखे नाच प्रदर्शनी सास्कृतिक तथा सम्मान कार्यक्रम २०८२ का लागि भाद्र १२ गते सम्म दर्ता गर्ने समय तालिका रहेको छ ।’आफ्नो ठाउको मौलिक कला र संस्कृती साटासाट गरौ’ भन्ने नाराका साथ लाखे नाच महोत्सव हुन लागेको हो । महोत्सव चन्द्रागिरि ९ मच्छेगाँऊ स्थित भलिबल ग्राउण्डमा हुनेछ ।

