काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको जनसंगठन अखिल महिला संगठन संघ काठमाडौं क्षेत्र नं. १० को तेस्रो क्षेत्रीय सम्मेलनबाट तेजिला थापाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

बिहीबार चन्द्रागिरि नगर क्षेत्रमा रहेको एक ब्याङ्गक्वेटमा भएको सम्मेलनले तेजिला थापाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । चन्द्रागिरि नगरपालिका ,कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिका समेटिएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० को अनेमसंघको उपाध्यक्षमा जानुका पन्त (दक्षिणकाली), राजेश्वरी माली (कीर्तिपुर) चयन भएका हुन । सचिवमा दक्षिणकालीकी मुना लामा र सह–सचिवमा चन्द्रागिरिकी शोभा वली, कोषाध्यक्षमा कीर्तिपुरकी अहिल्या अधिकारीसहित ३५ सदस्यीय कार्यसमिति चयन भएको हो ।

सम्मेलन,अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी महासचिव पेम्बा लामाको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय