चन्द्रागिरि नगरपालिकाले प्रकोप न्युनिकरणका लागि ९९ वटा योजना अघि बढाउने भएको हो ।
यी योजना पंञ्च बर्षिय योजना हुन जस्मा तठबन्ध निर्माण देखि बस्ति स्थानान्तरण सम्मका योजना छन।
संरचनागत निर्माणका साथै, सडक दुर्घटना न्यूनीकरणका लागि सडक सुधार, जोखिमयुक्त बस्ती स्थानान्तरण, अग्नि नियन्त्रणका उपायहरू, र समुदाय सचेतना कार्यक्रमहरू पनि योजनामा समावेश छन् ।
काठमाडौं । चन्द्रागिरि नगर क्षेत्रमा प्रकृतिक र मानव श्रृजित विपद न्युनिकरणका लागि नगरले पञ्च बर्षिय योजना बनाएको हो ।
नगर क्षेत्रमा रहेका वडागत रुपमा रहेका संकट्टासन्न क्षेत्रको पहिचान गरि पूर्व तयारी स्वरुप बाढी, पहिरो, नदी कटान, सडक दुर्घटना र आगलागी जस्ता विपदको न्युनिकरण गर्नु योजनाको मुख्य उद्देशय रहेको छ ।नगर क्षेत्रको प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यान्वयन योजना आर्थिक वर्ष २०८२/८३ देखि ( अर्थात् श्रावण २०८२ देखि असार २०८७ सम्मको पञ्च बर्षिय अवधिका लागि तयार पारेको हो ।योजनामा नगरपालिकाका १ देखि १५ वटै वडाहरूमा बाढी, पहिरो, नदी कटान, सडक दुर्घटना र आगलागी जस्ता प्रकोपहरूको जोखिमलाई सम्बंधन गर्न विभिन्न संरचनात्मक तथा गैर–संरचनात्मक उपायहरू समेटेको छ ।
योजना अन्तर्गत मुख्यतया खोला किनारमा तटबन्ध निर्माण, पहिरो–प्रवण क्षेत्रमा रिटेनिङ वाल ग्याविन जली लगाउने, र वायो–इन्जिनियरिङ जस्ता कार्यहरूलाई प्राथमिकता दिइएको छ । दहचोक, बल्खु, किसिपिडी, शान्तिवन जस्ता विभिन्न स्थानमा विशेष आयोजनाहरू प्रस्तावित छन् । जसका लागि बजेट एक लाख देखि १० करोड रुपैयाँसम्म विनियोजन गरिएको छ ।

संरचनागत निर्माणका साथै, सडक दुर्घटना न्यूनीकरणका लागि सडक सुधार, जोखिमयुक्त बस्ती स्थानान्तरण, अग्नि नियन्त्रणका उपायहरू, र समुदाय सचेतना कार्यक्रमहरू पनि योजनामा समावेश छन् । योजनाको कार्यान्वयनको मुख्य जिम्मेवारी नगरपालिकाको पूर्वाधार विकास शाखा र विपद् व्यवस्थापन शाखालाई तोकिएको छ ।
साथै, प्रदेश र सङ्घीय तहका निकायहरू,सडक विभाग, जलस्रोत तथा सिंचाइ विभाग, वन तथा भू–संरक्षण विभाग, नेपाल प्रहरी, र अन्य सम्बन्धित निकायहरूसँगको सहकार्यमा यी आयोजनाहरू सम्पन्न गरिने स्पष्ट पारिएको छ। चन्द्रागिरि नगरपालिकालाई प्रकोप–उत्थानशील बनाउन एक सुस्पष्ट, स्रोतसाधनयुक्त र सहकार्यात्त्मक मार्गचित्र यस्तो छ ।

