काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति जुटाएर लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताएका छन् ।
एमाले काठमाडौं जिल्लाका अगुवा नेताहरुसँग बालुवाटार भेटमा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी मुद्दामा दुवै देशका नेतासँग बलियो कुरा राख्ने बताए ।प्रधानमन्त्री अोलीले भने–राष्ट्रिय सहमतिसँगै संसद्को समेत विश्वास लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्छु ।नेताहरूले प्रधानमन्त्रीसँग भारत र चीन भ्रमणका क्रममा लिपुलेकका सम्बन्धमा बुझिने र मनन गर्न सकिने गरी कुरा राख्न आग्रह गरेका छन् ।
हिजोमात्रै,बुधबार,सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन र भारत भ्रमणमा ती दुई देशबिच लिपुलेक सम्बन्धमा भएको सहमतिको विषय उठाइने जानकारी दिएका थिए ।भदौ ९ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता गुरुङले चीन र भारत दुई देशले नेपालको सहमतिविपरीत लिपुलेक प्रयोग गर्ने सहमति गरेको प्रस्ट पारेका हुन ।
उनले भने–“नेपालका प्रधानमन्त्री चीन र भारत जान लागेकाले उक्त विषयमा आफ्नो कुरा राख्नुहुन्छ । उक्त विषय यस्ता फोरममा राख्ने विषय होइन । दुई पक्ष भेटमा प्रधानमन्त्रीले पक्कै पनि उक्त विषय उठाउनुहुन्छ भन्ने विश्वास छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय