काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले चन्द्रागिरिका जनप्रतिनिधीहरुलाई सचेत गराएका छन ।
कानुन अभावका कारण कैयौ समस्या रहेको तर्फ इन्ङ्गित गर्दै थापाले कर्मचारीले मात्रै बेथिती ढाकछोप गर्न नसक्ने भन्दै जनप्रतिनिधीलाई सच्चीन वा सुर्धन सचेत गराएका हुन । नगरपालिकामा सोमबार आयोजित आर्थिक बर्ष २०८१/८२ मा सम्पादन भएका विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी कार्यको वार्षिक प्रगति समिक्षा एवं मुल्याङ्कन कार्यक्रममा थापाले नगरप्रमुख र उपप्रमुख एउटै पार्टीको हुदाँ वा नहुदाँ कर्मचारी पिल्सने गरेको दुखेसो पोखे । उनले हात्तीको उदाहरण दिदै हात्तीले झगडा गरेपनि वा प्रेमालाभ गरेपनि नाश बालीकै हुने भन्दै कर्मचारीलाई बाली संग तुलना गरे । अकवर र बिरवलको उदाहरण दिदै उनले राजा अकवरका सबै भनाईलाइ बिरवलले ढाँकछोप गर्न नसकने भन्दै साङ्केतिक रुपमा जनप्रतिनिधीलाई अकवर र कर्मचारीलाई बिरवलको संज्ञा दिए । जनप्रतिनिधीका कैयौ कमजोरीलाई कर्मचारीले ढाकछोप गर्ने गरेको तर छोप्नै नसक्ने अवस्था भयो भने के गर्ने भन्ने तर्फ उनको संकेत थियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका १ देखि १५ वटै वडाका वडा सचिवहरुले आर्थिक बर्ष २०८१/८२ मा सम्पादन भएका विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी कार्यको वार्षिक प्रगति समिक्षा एवं मुल्याङ्कन प्रतिवेदन पेश गरेका थिए । मंगलबार सम्म हुने उक्त कार्यक्रममा भोली बिषयगत समितिका संयोजकहरुले प्रतिवेदन पेश गर्नेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय