काठमाडौं । समर्थगुरु चन्द्रागिरी साधना केन्द्रमा त्रि–दिवसीय ध्यान योग यज्ञ संचलन हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगत स्थित समर्थगुरु चन्द्रागिरी साधना केन्द्रमा यहि भदौ २०, २१ र २२ गते ध्यान योग हुने भएको हो । जीवन परिवर्तनको पहिलो पाइलाको रुपमा त्रि–दिवसीय ध्यान योग शिविर संचलन गर्न लागिएको केन्द्रका संयोजक पूर्ण मालीले जानकारी दिए । केन्द्रले ‘नाद को दान महादान हो’भन्दै समर्थगुरुको जिवन दर्शन र अध्यत्मिक चिन्तनलाई प्रेरणादायी रुपमा आम जनमानसमा समप्रेशण गर्न ध्यान योग यज्ञ संचलन गर्न लागिएको उनको भनाई छ । साथै समर्थगुरु चन्द्रागिरी साधना केन्द्रले गुरुसेवा, लोककल्याण तथा गोबिन्दको कार्यका लागि उपस्थितीका लागि सादर अनुरोध समेत गरेको छ ।
भदौ २०, २१ र २२ गते बिहान ७ः०० बजे देखि साँझ ५ः३० बजे सम्म हुने ध्यान योग यज्ञमा सहभागी हुनकालागि ९८१८३५९८२५, ९८४१७८१७४१, ९८४९१५२५२८ मोवाइल नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।

