काठमाडौं । चन्द्रागिरि नगरउपप्रमुख बसन्ती श्रेष्ठले राम्रा कामको जस अरुले लिने र नराम्रा कामको जस उपप्रमुखलाइ दिने गरेको भन्दै आक्रोस पोखेकीछन ।
नगरपालिकामा सोमबार आयोजित आर्थिक बर्ष २०८१/८२ मा सम्पादन भएका विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी कार्यको वार्षिक प्रगति समिक्षा एवं मुल्याङ्कन कार्यक्रममानगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको वृद्धिविकासका लागि गरिने अवलोकन भ्रमण नगरउपप्रमुखले रोकीदिएको भन्ने आरोपको खण्डन गर्दै उनले भनिन “वृद्धि विकासका लागि सबैको पहुँच पुग्नुपर्यो ।” सबैजसो भ्रमणमा एउटै अनुहार देखिने गरेको भन्दै उनले भ्रमणका उपलब्धी र नगरपालिकाले पाउनुपर्ने परिणाममा देदम्यता नमिलेको उल्लेख गरिन ।
योजना अनुगमनमा कुनै सम्झौता नहुने स्पष्ट पर्दै बिधी उल्लंघन गर्ने छुट कसैलाइ नभएको उनले बताइन ।

