काठमाडौं ।चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाले दिने सेवामा कुनै गुनासो भए २४ घण्टा भित्र सम्बोधन गर्ने बताएका छन ।
नगरपालिकामा सोमबार आयोजित आर्थिक बर्ष २०८१/८२ मा सम्पादन भएका विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी कार्यको वार्षिक प्रगति समिक्षा एवं मुल्याङ्कन कार्यक्रममा नगर प्रमुख गिरीले नगरपालिका सम्बन्धी कुनै पनि गुनासो भए सरोकारवाला निकायमा सम्पर्क गर्न आग्रह गरे । उनले भने ‘वडा बासीन्दाको कुनैपनि समस्या वा गुनासो भए वडा,नगरप्रवक्ता,उपमेयर,प्रमुख प्रशासकीय अधिकृतलाई भन्नुहोस त्यहाँबाट पनि सम्बोधन भएन भने कुनै न कुनै माध्यमबाट मलाइ भन्नुहोस २४ घण्टा भित्र के गर्नु पर्नेहो म गर्छु ।’ कर्मचारी र जनप्रतिनिधीको एकै सिक्काको २ पाटो भएको भन्दै उनले सेवा प्रवाहमा कुनै कमजोरी नगर्न कर्मचारीलाई निर्देशन समेत दिए ।
चुनौती र जटिलतालाई पार लगाउदै कार्य गर्न सके सफलता मिल्ने भन्दै उनले ८ बर्ष अघिको नगरपालिकाको भौतिक संरचना र भोग्नु परेको जटिलताबाट माथी उठायर नगरपालिका, अहिले देशकै उत्कृष्ट नगरको हैसियतमा पुगेको बताए । चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ ले वातावरण मैत्री वडा घोषणा गरेको भन्दै वडाअध्यक्षहरु श्रृजनशिलहुनुपर्नेमा जोड दिए ।
उनले भने ‘वडाध्यक्षहरुले,अब नगरपालिकाबाट यत्ति बजेट पाइन्छ यो काम गर्छु भन्ने मात्र सोच्न नहुने र श्रृजनशिलता र क्षमता अभिबृद्धि गर्दै थप कार्य गर्नुपर्छ।’

