काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान संचालन गरेको हो । यस अभियान अन्तर्गत शान्त समाज, सभ्य समाजको निर्माणर्थ ध्वनी, धुवा र फोहर प्रदुषण मुक्त छिमेकी अभियानको थालनी भएको छ ।विभिन्न मानवीय क्रियाकलापका कारण उत्पन्न हुने ध्वनी प्रदुषण मानव स्वास्थ्यका लागि हानिकारक भएको र ध्वनी प्रदुषणका कारण गर्भवती महिला, मुटुरोगी एवं वृद्धवृद्धा र बालवालिकाको शैक्षिक, मानसीक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर परेकाले नियन्त्रणका लागि अभियान सुरु भएको हो । साथै अभियानले सर्वसाधारणको सामाजिक, आर्थिक कृयाकलाप तथा नैतिक मूल्य मान्यता स्थापित गर्ने भएकाले अभियानलाई वेवास्था गरे कानुनी उपचार गरिने प्रहरीले जानकारी दिएको हो । प्रहरीले ध्वनी प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले त्यस्तो कार्यमा बन्देज लगाई ३ लाख रुपैया सम्म जरिवाना गर्नसक्ने भन्दै त्यस्ता कार्य नगर्न चेतावनी दिएको हो ।
अभियान अनुसार कस्ता कार्य गर्ने कस्ता कार्य नगर्ने ?
१. राति अनावश्यक आवाज नगरौं ।
फोन कल गर्दा आवाज कम गरी वा हेडफोन प्रयोग गरौं, म्यासेजमै संवाद गरौं।
अबेरसम्म ठुलो स्वरले गफगाफ नगरौं।
पार्टी वा जमघट गर्दा छिमेकीलाई असजिलो हुने गरी नगरौं।
अबेरसम्म म्युजिक बजाएर नाचगान नगर्ने
टेलिभिजन वा म्युजिक सिस्टम खोलेर सुत्ने कार्य नगर्ने
भान्सामा भाडाँकुडाँको ठुलो आवाज उत्पन्न नगर्ने
राती गेट तफतकाउने वा बेल बजाउने कार्य नगरौं, आवश्यकता अनुसार फोनको प्रयोग गरेर ढोका खोल्न लगाओं।
२. बिहानको शान्ति कायम राखों।
बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने खकार्ने नगरौं।
गेट खोल्दा र अन्य क्रियाकलाप गर्दा आवाज कम गरौं।
मोटरसाइकाल वा अन्य सवारी साधन विहानै स्टार्ट गरेर ठूलो आवाज ननिकालौ, ठूलो आवाज आएमा छिमेक भन्दा पर लगी चालु गरौं।
३. शौचालय र अन्य घरेलु क्रियाकलापमा सचेत बनों।
राति अबेर शौचालय Flush गर्दा ध्वनी कम गर्ने उपाय अपनाओं।
राति अबेर वा विहान सबेरै प्रेसर कुकरमा सिड्डी लगाउने कार्य नगरौं ।
घरमा संगीत अभ्यास गर्दा ध्वनी नियन्त्रण उपकरण प्रयोग गरौं।
सडकमा अनावश्यक हल्ला नगरौं।
४. सामाजिक र धार्मिक क्रियाकलापमा सचेत बनों।
धार्मिक वा संस्कृतिक कार्यक्रममा ध्वनी नियन्त्रण गर्ने।
मन्दिर, गुम्बा, मस्जिदमा ध्वनि नियन्त्रण गर्दै पूजा प्रार्थना गरौं।
५. अन्य
चुरोट तथा फोहर जलाएर छिमेकमा धुवा र वातावरण प्रदूषण नगरों।
घर बाहिर फोहर नफालौं, निश्चित फोहर फाल्ने स्थानमा मात्र भालों।
कुहिने र नकुहिने फोहरको समुचित व्यवस्थापन गरौं।
सडकमा जथाभावी फोहर गरी टोल छिमेकमा दुर्गन्धित नबनाऔं।
छिमेकीसँग मिलेर नियमित सफाइ अभियान सञ्चालन गरौं।
आफुले पालेको जनावरहरु (कुकुर, कुखुरा) आदिबाट छिमेकी र बातावरणलाई अशान्ति नगरौं।
प्रेशर हर्न वा मोडीफाई गरी ठूलो आवाज निकालेर सवारी साधन नचलाऔं।
त्यस्तो गतिविधि गरी टोल छिमेकमा डिस्टर्व गरेमा निम्न फोन नम्बरहरुमा सम्पर्क गरौं।
प्रहरी कन्ट्रोल : १००
ट्राफिक कन्ट्रोल : १०३
का.उ.प्र.का. रानीपोखरी ९८५१२८३०२६, ९८५१२८३०२७

