काठमाडौं । चन्द्रागिरि नगरपालिकाले पहिलो पटक सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली सम्बन्धी प्रशिक्षण PAMS V2 कार्यक्रम गरेको हो ।

शुक्रबार नगरकार्यपालिका भवनको सभाहलमा भएको कार्यक्रममा चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरीले बिभिन्न कार्यक्रमहरुमा जनप्रतिनिधी तथा कर्मचारीहरुले भौतिक बस्तुहरुको अभाबका कारण कार्य समपादनमा असर परेको गुनासो गर्ने गरेको तर सार्वजनिक सम्पत्ति केकस्तो अवस्थामा छ भन्ने बिषयको जानकारी नभएका कारण गुनासो सम्बोधन गर्न असहज भइरहेको परिपेक्षमा यस्ता तालिमले भएका सार्वजनिक सम्पत्तिहरु प्रबिधीमा प्रबिष्ट गरिने हुदाँ एकै क्लीकमा सबै जानकारी रहने भएकाले तालिमलाई गम्भिरतापूर्वक लिई कार्यान्वयन पक्षमा शिघ्र प्रवेश गर्न आग्रह गरे । नगरपालिकाका कर्मचारी र पदाधिकारीहरुका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा महालेखा परिक्षणको कार्यालयका लेखा अधिकृत ओमबहादुर खडका र लेखापाल सूर्य न्यौपानेले प्रशिक्षण दिए । खडकाले सरकारी तथा सार्वजनिक सम्पत्ति व्यवस्थापनका सैदान्तिक तथा कानुनी पक्षहरुमाथी प्रकाश पारे ।

https://www.youtube.com/watch?v=_rCEHwo8qmY

कार्यालय सम्बन्धी बिबरण प्रबिष्ट महाशाखा,कर्मचारी,पदाधिकारीको पद ,स्टोर , गोदाम ,कर्मचारीहरुको बिबरण प्रविष्ट युजर बनाउने प्रयोजन का बिषयमा प्रशिक्षण दिएका हुन भने न्यौपानेले स्टोर किपरको भुमिकाका बारेमा जानकारी ,प्रणाली व्यवस्थापन सम्बन्धी कार्य,अभिलेख प्रबिष्ट सम्बन्धी कार्य,प्रतिवेदन सम्बन्धी कार्य,मर्मत सम्बन्धी प्रतिबेदन लगायतका बिषयमा प्रशिक्षण दिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय