काठमाडौं ।संचालनको अन्तिम तयारीमा रहेको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अन्तर्गत बिभिन्न सथानमा शोन्दर्यकरणको कार्य भइरहेको छ ।

चन्द्रागिरि नगरक्षेत्रमा पर्ने फ्लाइओभर रहेको परिसरमा ग्रीन जोन बनाउन दुबो रोप्ने कार्य भइरहेको हो । आगामी पुसदेखि सञ्चालनमा आउने तयारीमा रहेको यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । अहिले यसको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण अवधि आगामी कात्तिकसम्म छ । काठमाडौंबाट सुरुङमार्ग जाने सवारीसाधनले फ्लाइओभर प्रयोग गर्नेछन् । धादिङबाट काठमाडौंतर्फ आउने सवारीसाधनका लागि फ्लाइओभर तलबाट छुट्टै सडक बनाइएको छ । त्यस्तै फ्लाइओभरबाट सुरुङमार्गसम्म पुग्ने २.६ किलोमिटरको दुई लेन सडक निर्माण सकिएको छ ।२०७६ कात्तिक ४ मा निर्माण सुरु भएको सुरुङमार्ग ४२ महिनाभित्र सकिनुपर्ने थियो ।ढिलै भएपनि अब भने निर्माणको अन्तिम चरणमा रहेको हो । आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएका छन् । सुरुङभित्र रंगरोगन अन्तिम चरणमा छ । आपत्कालीन सुरुङमार्गको केही खण्डमा फिनिसिङ हुँदै छ । अक्सिजन पास गर्ने १५ वटा जेट फ्यान र सीसीक्यामरा जडान गरिसकिएको छ । मुख्य सुरुङको दूरी २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ ।

आयोजनाको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ, जसमा जापानको १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । सुरुङ निर्माणमा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले काम गरिरहेको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि ७ मिनेटमै सिस्ने खोलाबाट किसिपिडी पुगिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय