काठमाडौं । शनिबार बिहान ललितपुरको हरिसिद्धी–गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका प्रदेश मन्त्रीबीच आपसी समझदारीमा कुरा टुंगिएको छ ।

उक्त गाडीका चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भए । त्यसलगत्तै मन्त्री राना आफैँ ११ वर्षीया घाइतेलाई भेट्न ग्वार्कोस्थित बीएण्डबी अस्पताल पुगेका थिए ।मन्त्री रानाले बालिकाको सम्पूर्ण उपचार खर्च र औषधिको बील तिरेर थप २५ हजार रूपैयाँ क्षतिपूर्ति दिएका छन् । त्यस अवधिभर जिल्ला प्रहरीको हाताभित्रै बसेका चालक चौधरीलाई पनि प्रहरीले शनिबार बेलुकी नै घर फर्किन अनुमति दिएको थियो ।

यसबाहेक थप उपचार गर्नुपर्ने भएमा फेरि पनि जिम्मेवारीबाट नपन्छिने प्रतिबद्धता मन्त्री रानाले व्यक्त गरेपछि घाइते र मन्त्रीपक्षबीच शनिबार बेलुकी नै मिलापत्र भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय