काठमाडौं । जेन–जी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु, भएको छ ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा भइरहेको ‘जेन–जी’को भ्रष्टाचारविरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको हो । ट्रमा सेन्टरमा ८, एभरेस्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १ र केएमसीमा २ जनाको मृत्यु भएको हो भने इटहरीमा प्रहरीले गोली चलाउँदा थप दुई जनाले ज्यान गुमाएका हुन ।तिन सय ४७ जना घाइते भएका छन ।
सिभिल अस्पतालमा एक सय, एभरेस्टमा एक सय २, ट्रमामा ५९, केएमसीमा ३७, वीर अस्पतालमा ६, पाटनमा ४, त्रिवि शिक्षणमा १८, नर्भिकमा ३, बीपी प्रतिष्ठानमा २, गण्डकी मेडिकल कलेजमा १, विराट मेडिकल कलेजमा ४ र दमक अस्पतालमा ७ जनाको उपचार भइरहेको छ।

