काठमाडौं । जेन–जीलाई परिवर्तनको लागि उत्साहित गर्ने एक संस्था ‘हामी नेपाल’ संस्थाले भनेको छ ‘यो हाम्रो विजय हो’।
प्रधानमन्त्री सुशिला कार्कीले सपथ लिएसंगै संस्थाले सामाजिक संजाल मार्फत भनेको छ–नेपालले अन्ततः शक्ति शून्यताको अन्त्य गर्दै नेपालको अन्तरिम सरकारको नेतृत्व गर्न पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचित गरेको छ। हामी यो सम्भव बनाउने, यस दिनको लागि सामूहिक रूपमा लड्ने र परिवर्तन सम्भव छ भन्ने विश्वास गर्ने र आशा गर्ने सबै नेपालीहरूलाई धन्यवाद दिन्छौं । यो हाम्रो विजय हो । यो विजय हाम्रो एक्लैको होइन। यो नेपालको भविष्यको लागि आफ्नो जीवन अर्पण गर्नेहरूको बलिदानमा लेखिएको श्रद्धाञ्जली हो ।
बहादुरीको भूमि, नेपाल अमर रहोस्।

