काठमाडौं । बडा दशैको उमंग घर आगनमा आईसकेको छ । घर सरसफाई तथा किनमेलमा समाज अघि बढीरहेको परिपेक्षमा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीको फरक परिदृष्य देखियो ।
केहि मानिस सरसफाई गर्दै थिए,कोही गमला मिलाउदै त कोही अब के गर्ने भन्दै अल्मलीदै । भदौ २४ गतेको जेन जी आन्दोलनको क्रममा नगरप्रमुखको निजी निवासमा तोडफोड तथा आगजनी भयो ।गिरीको पुख्यौली घर सहित अन्य २ घर जलेर नष्ट भए । नगर प्रमुख गिरी केहिदिन घुमाउने स्थित नेपाली सेनाको ब्यारेकमा बसे,पछि आफ्न्तको घरमा बस्दै आए । यहिबेला चाडबाडले ढपक्कै छोपे पछि आफ्नो जलेको घरलाई नै मर्मत गर्ने र पुर्खाको चिनोको रुपमा रहेको साथै आत्मा र आत्मियहरुसंग जोडिएको सोहि घरबाट नै दशै मनाउने निधो गरे ।सम्पुर्ण रुपमा जलेको पुरानो घरको तलको एक कोठामा जमरा राखे । उनले भने खरानी बढारेर त्यही जमरा राखेको छु ।
मुलतःअध्यारो कोठामा जमरा राख्ने र उज्यालो छिर्न नदिने गर्दा जमरा राम्रो हुन्छ भन्ने मान्यता छ ।तर सम्पुर्ण रुपमा जलेको कोठा र फुटेका र जलेका झयालका कारण कोठा अध्यारो हुने त कुरै भएन त्यसैले जमरालाई एउटा सिल्भरको बाटाले छोपीयको थियो ।पुर्ण रुपमा जल्न बाकी तर आगोको लत्काले भेटेका केहि थान पर्दा धोयर सुकाईएको थियो । बगैचाको सोखिन गिरी दम्पतिले फुटाइएका र जलाइएका गमलाहरुको बिस्थापन गरी बगैचाको केहि स्वरुपभने दिइसकेका रहेछन ।

घरको मर्मत सम्भार गर्दै अहिलेलाई जसोतसो बस्नहुने अवस्थामा पुर्याइएको भएपनि कुनै पनि सामान नहुदाँ अलमल्लमा परेको जस्तो देखिन्थ्यो । नगर प्रमुख गिरी पत्नी भन्दै हुनुहुन्थ्यो ‘भएको सामानमा जोडनु र नहुदाँ ल्याउनु पर्नेमा निक्कै फरक हुदो रहेछ । डस्ना बनाउनु पर्यो भन्दा खाट कत्रो छ भन्छन,खाट नै छैन कत्रो छ भन्नु ।’सम्पुर्ण रुपमा जलेको घरमा जसो तसो ४ दिन लगायर अहिले बत्ती सम्म बल्ने भएको रहेछ ।गाइ र कुखुरा पालेको र आफ्नो दैनिकी बगैचामा फलफुलका विरुवा गोडदै रमाउदै बस्ने गरिकी उहाँ अकल्पनिय घटनाले मर्माहित भएको र सम्हालिदै फेरी उठने संकल्प गर्दै देनिकीमा फर्कनु भएको बताउनु भयो । बिहान देखि मध्य रात सम्म नगर र नगरबासीको हितको लागि आफ्नो पति लागीपरेको भन्दै समाजसेवामा लाग्दा भोग्नु परेको परिणामको रुपमा उक्त दिनको घटनालाई लिएको बताउनु भयो । यद्धपी यस्ता घटना आपराधिक भएको बताउदै सरकारले चाडो भन्दा चाडो आपराधिक कार्य गर्ने जो कोहिलाई कानुनी दायरामा ल्याउनु पर्ने उहाँले बताउनुभयो ।
नगरप्रमुख गिरीले भन्नुभयो ‘सधै शोकमा बसेरपनि हुदैन जसो तसो व्यवस्थापन गरेर भोलीबाट यतै बस्छु ।’

