काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सिसि क्यामेरा निगरानी उपकरण राख्न लागेको हो ।

गत भदौ २४ गते जेन जी आन्दोलनमा क्रममा महानगरीय प्रहरी वृत्त थानकोटमा तोडफोड र आगलागी हुदाँ सिसि क्यामेरा निगरानी उपकरणहरु पूर्ण रुपमा क्षति भएको थियो । नगरक्षेत्रमा दुर्घटना, चोरी डकैती तथा अनियन्त्रित गतिविधि नियन्त्रणका लागि नगरपालिकाले कलङ्की–नागढुङ्गा– पिपलामोड सडकखण्डमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा जडान गरेको थियो । साथै वडागत रुपमा थप २ सय थान सिसि क्यामेरा जडान भएका थिए । ति सबै क्यामेराको निगरानी महानगरीय प्रहरी वृत्त थानकोटमा रहेको सर्भर रुमबाट हुने गरेको थियो ।सर्भर रुम आन्दोलनको क्रममा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको थियो । सर्भरमा रहेका NVRs, Switches, HDDs, Rack, Monitors, SFPs, Patch Cord सहित सो संग सम्वन्धित सम्पूर्ण उपकरणहरु पूर्ण रुपमा क्षति भएको छ । कतिपय सिसि क्यामेराहरु पूर्ण रुपमा क्षति भएको र कतिपय आंशिक क्षति भएका छन । सुरक्षित र प्रविधिमैत्री नगरपालिका बनाउन उच्च प्राथमितामा दिए कार्य गरिरहेको चन्द्रागिरि नगरपालिकाले तत्कालै सिसि क्यामेरा निगरानी उपकरण राख्न लागेको हो ।

सिसि क्यामेरा निगरानी महानगरीय प्रहरी वृत्त थानकोट र चन्द्रागिरि नगरपालिकाको नगरप्रहरीले समेत गर्न मिल्ने गरि उपकरण जडान गरिन लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय