काठमाडौं । प्रहरी वृत्त थानकोटले चन्द्रागिरि नगरक्षेत्रमा स्वीप अपरेसन गरेको हो ।

चन्द्रागिरि नगारपालिका वडा नम्बर ९ मच्छेगाँउ तथा वडा नम्बर ८ मातातिर्थ वडा एरिया लगायतका क्षेत्रमा चेकजाँच तथा स्वीप अपरेसन भएको हो ।सोमबार दिउँसो १ बजे देखि ४ बजे सम्म गरिएको अपरेसन हातहतियार, बिष्फोटक पदार्थ तथा दुब्र्यसनी बिरुद्धको थियो । हातहतियार, बिष्फोटक पदार्थ तथा दुब्र्यसनी लक्षित चेकजाँच तथा स्वीप अपरेसनको लागी प्रहरी वृत्त थानकोट कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक एलिजा गिरिको कमाण्डमा ३५ जना खटिएका थिए । अन्य दुई सिनियर अधिकृत,SOCO टोली,फोटोग्राफी ,सादापोशाक र केनाईन समेतको टोलीले ति स्थानको सुरक्षा अवस्थाको चेकजाँच गरेको हो ।

 

वृत्तले आवश्यकता अनुसार चन्द्रागिरि नगर क्षेत्रका अन्य वडा स्थानहरुका पनि स्वीप अपरेसन संचालन गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय