काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित उपत्यका पृतना शिक्षालय चुनिखेल,पानीघाटमा सञ्चालित सैन्य आधार तालिम लिएका सिपाहीहरु सोमबार दीक्षित भएका हुन् ।

नौ महिनाको तालिमपछि ९५ जना सैन्यहरु सिपाहीमा प्रवेश गरेका हुन ।दिक्षित कार्यक्रममा उपत्यका पृतना शिक्षालयका पृतनापति उपरथी रविन्द्र खत्रीले नव आयुक्त सिपाहीहरुमा बधाई तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी,उपप्रमुख बसन्ती श्रेष्ठ,नगरप्रवक्ता एवं चन्द्रागिरि –४ का वडाध्यक्ष कृष्ण प्रसाद खडगी,वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय