काठमाडौं । कवि शिवप्रसाद श्रेष्ठको २ कृति एकैसाथ लोकार्पण भएका छन ।

मातृभाषा र राष्ट्रिय भाषालाई सम्मान स्वरुप साहित्यकार श्रेष्ठका दुई कृति एकै पटक लोकार्पण भएका हुन । ८७ वटा कबिता संग्रह भएको नेपालभाषामा ‘हाउँगु निभाःया जः’ कविता संग्रह र नेपालीभाषामा ८१ वटा कविता संग्रह भएको ‘आमाको स्वर’ कविता संग्रह एकैसाथ लोकार्पण भएको हो ।वरिष्ठ साहित्यकार तथा समालोचक डा.योगेन्द्र प्रधान,बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ,चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी,उपप्रमुख बसन्ती श्रेष्ठ लगायतले चन्द्रागिरि नगरक्षेत्रको एक पार्टी प्यालेसमा शनिबार कृतिहरुको लोकापर्ण गरेका हुन ।

चन्द्रागिरि नगरपालिका वडा नं ४ ताहाननीका स्थायीबासी ८६ वर्षिय कवि शिवप्रसाद श्रेष्ठले नेपालभाषा साहित्य तथा नेपाली साहित्यमा योगदान दिदै आउनु भएको छ ।श्रेष्ठको पहिलो कृति नेपालभाषामा थक्वाः देसय् ह्वःगु स्वां (नेपालभाषाया चिनाखँ मुना नेसं. ११३८) नामक कविता संग्रह प्रकाशित भइसकेको छ । कवि श्रेष्ठद्धारा लिखित कविताहरुमा देशभक्ति, मातृप्रेम, मातृभाषा, धार्मिक, सांस्कृतिक विचलन, महिलाको वेदना, सिमा अतिक्रमण, जागरुकता लगायत समसामयिक विषयवस्तुलाई समेटेर देशको लागि विशेष सन्देश दिदै आउनु भएको छ ।२०२० साल देखि २०३२ सालमा चन्द्रागिरिकै श्री कृष्ण प्राथमिक विद्यालय, २०३२ साल देखि २०३५ सालसम्म तत्कालिन बलम्बु प्राथमिक विद्यालय र २०३५ सालदेखि २०५७ साल सम्म भीम प्राथमिक विद्यालयमा शिक्षण पैशामा संलग्न श्रेष्ठले तबला को प्रशिक्षण समेत दिदै आउनु भएको थियो । श्रेष्ठले नेपाली भाषाको ’उषा अनिरूद्ध मिलन’ दबु नाँच थानकोट टोलमा २०१५ साल देखि २०१९ साल सम्म कलाकारको रुपमा भूमिका निर्वाह समेत गर्नु भएको थियो । बहु प्रतिभाशालि कवि श्रेष्ठले हना पौ (नःलि साहित्य दबू, ने. सं. ११३८),अभिनन्दन पत्र (नेपाल राष्ट्रिय ज्ञानमाला समिति, चन्द्रागिरी वि. सं. २०८०),हना पौ (हलिं नेवाः गुथि, ने. सं. ११४५), बा–आमा सम्मान (पर्वसमय सुधार राष्ट्रिय समाज नेपाल, वि.सं. २०८२),काव्य पुरस्कारः स्वीच्यागु नेपालभाषा साहित्य तमुज्या (ने.सं. ११३८), काव्य पुरस्कारः नीछकगु विविध भाषा साहित्य सम्मेलन, मध्यपुर (ने.सं. ११४०) लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय