काठमाडौं । आज कार्तिक शुक्ल दशमी । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ स्थित बलम्वुमा महालक्ष्मी,कुमारी र गणेश जात्रा धुमधामका साथ मनाइरहेको छ ।
परापूर्वकाल देखि नै बलम्वु क्षेत्रमा यस तिथीमा महालक्ष्मी,कुमारी र गणेश जात्रा मनाइने गरिन्छ । कर्तिक शुक्ल अष्ठमी देखि दशमी सम्म मनाइने जात्राको आज भने रौनकतानै छुट्टैछ । शुक्रबार बिहानै देखि महालक्ष्मीको रथ टोलटोलमा पुर्याइएको छ । बिभिन्न बाजा गाजाका साथ जात्रा मनाइरहिएको हो ।
जात्राको अवशरमा चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ ले स्थानिय बिदा समेत दिएको छ । मौसम प्रतिकुलताका वावजुत शुक्रबार एका बिहानै देखि बलम्वुमा जात्राको रौनकता रहेको छ ।

