काठमाडौं । जेनजी आन्दोलनका क्रममा थानकोटस्थित प्रहरीको चेकपोस्टमा आगजनी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीले मकवानपुर थाहा नगरपालिका–९ चित्लाङ घर भएका ४४ वर्षीय किरण लामालाई पक्राउ गरेको हो ।काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बाडभन्ज्याङ बस्दै आएका लामालाई फोटो–भिडियोको आधारमा पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।लामालाई प्रहरी वृत्त थानकोटमा राखिएको छ ।उनी संगै चन्द्रागिरि नगर क्षेत्रका प्रहरी वृत्त र प्रहरी प्रभागमा तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ पर्नेको संख्या ५ पुगेको छ ।
यस अघि गत बिहीबार चन्द्रागिरी नगरपालिका– ८, मातातीर्थबाट ३७ वर्षीय कुमार तामाङ,त्यस्तै, थानकोट पोस्टमा आगजनी गरेको आरोपमा चन्द्रागिरि ६ का प्रताप तामाङलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।साथै चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट, टेकानपुर बस्ने बर्ष ३८ का अष्टनारायण बलामी र प्रहरी प्रभाग बलम्बु तोडफोड गर्दै मोटरसाइकल जलाएको आरोपमा दोलखाको सैलुङ गाउँपालिका–८ का २० वर्षीय तीर्थमान तामाङ पक्राउ परेका थिए ।

