काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेनजी आन्दोलनका क्रममा प्रदेशहरूमा ध्वस्त भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि संघीय सरकारसँग सहयोग मागिएकोे बताएकाछन ।

आन्दोलनका कारण बागमती प्रदेशमा मात्रै करिब डेढ अर्बको क्षति भएको जानकारी गराउँदै यसमा संघीय सरकारले सहयोग गर्नुपर्ने मागमा अर्थमन्त्रीले सकारात्मक जवाफ दिएको उनले भनाई छ । प्रधानमन्त्री कार्कीसँग आइतबार भएको सामूहिक छलफलमा मुख्यमन्त्री बानियाँले अर्को प्रशंगमा प्रदेश सरकारहरू संघीय सरकार मातहतका निकायको रुपमा नहेर्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरे । मुख्यमन्त्री बानियाँले संविधानले नै व्यवस्था गरेको छुट्टै सरकारलाई संघ सरकारको इकाइका रूपमा हेर्न नहुने बताए।बानियाँले प्रदेशको संवैधानिक अस्तित्व, सहकार्य र समन्वयको भावनालाई संघीय सरकारले आत्मसात् गर्नुपर्नेमा जोड दिए ।

गत ५ असोजमा संघ सरकारले प्रदेश सरकारलाई जानकारी नदिई प्रमुख सचिवलाई सोझै परिपत्र गरेको विषयमा बानियाँले चासो व्यक्त गर्दै संविधान अनुसार प्रदेश सरकारको अस्तित्वलाई स्वीकार गरेर अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय