काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ तिनथाना स्थित एक घरबाट २६ लाख रुपैयाँ भन्दा बढीको चोरी भएको हो ।
घटना बुधबार साँझको हो,तिनथाना स्थित यादब प्रसाद पन्थीको घरबाट सुनका गरगहना लगायतका समान चोरी भएको हो । पन्थीको साडे दुई तल्ले पक्की घरमा कोही नभएको मौका छोपी चोरले घरको मुल ढोकाको ताल्चा फोडी भित्र गई दोस्रो तल्लाको कोठाको ताल्चा फोडी धनमाल चोरी गरेको प्रहरीकोमा उजुरी परेको हो । चोरले ४ थान सुनको सिक्री, ५ थान सुनको औठी,सुनको तिलहरी, नौगेडी , मंगलसुत्र, बाला,सुनको चन्द्रमा लगायतका ११ तोला भन्दा बढी सुनका गरगहना चोरी लगेको उजुरीमा उल्लेख छ ।
गरगहना संगै चोरले २ थान मोवाइल पनि चोरी लगेको र चोरी भएका गरगहना तथा सामानको मुल्य २६ लाख ६२ हजार रुपैयाँ भन्दा बढी रहेको बताईएको छ । प्रहरीले चोरी गर्नेहरुकोे खोजी कार्य भई रहेको जानकारी दिएको छ ।

