काठमाडौं । चन्द्रागिरि नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा चन्द्रागिरि नगरपालिका माध्यामिक बिद्यालय स्तरिय शैक्षिक प्रर्दशन आयोजना भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले प्रदर्शनीले मौलिक मात्र नभई पछिल्लो प्रविधी र आफ्नो अवधारणा अनुसार प्रस्तुत गर्न प्रेरित गर्ने बताए ।प्रदर्शनीमा प्रस्तुत भएका बिषयगत प्रस्तुतिले आगामी दिनमा बिद्यार्थीको प्रतिभाले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धात्मक रुपमा अगाडि लैजाने वाताबरण बन्नेमा विश्वास व्यक्त गरे ।

चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले बिद्यार्थीको क्षमता अभिबृद्धि र प्रस्फुटन गर्ने उद्देश्य प्रदर्शनीले लिएको बताइन ।फरक फरक क्षमता भएका बिद्यार्थीको प्रतिभा प्रस्तुत गर्ने मंञ्चको रुपमा शैक्षिक प्रर्दशन गरिएको उनले प्रष्ट पारिन ।

बिभिन्न बिद्यालयमा रहेका बिद्यार्थी बिच आपसी सम्बन्ध स्थापना र परिणाममुखी अन्तरक्रियात्मक अबस्थाको श्रृजना गर्न यस्ता कार्यक्रम उपलब्धीमुलक हुदै गएको चन्द्रागिरि नगरपालिकाको कार्यक्रम कार्यान्वयन समिति ठम्याई छ । नगरपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख बुद्धि भट्टले प्रदर्शनीमा नगर क्षेत्रका सामुदायीक र संस्थागत गरि २३ वटा माध्यामिक बिद्यालयको सहभागिता रहेको जानकारी दिए ।

रिब्स स्कुलको प्रङ्गणमा शुक्रबार भएको कार्यक्रममा बिज्ञान तथा प्रविधी,गणित,सामाजिक,स्वास्थ्य लगायतका बिषय अन्तर्गतको प्रदर्शनी भएको हो । गत शैक्षिक बर्षबाट नगरपालिकाले शैक्षिक प्रर्दशन गर्न सुरु गरेको हो ।

https://www.facebook.com/share/v/1BUJsqknSg/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय