काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी र जर्मन राजदुत भोल्ज बिच भेटघाट भएको हो ।
शुक्रबार दिउँसो संघीय गणतन्त्र जर्मनीका राजदूत उदो युगेन भोल्जको निमन्त्रणामा गिरी जर्मन राजदूतावास ज्ञानेश्वर पुगेका थिए । भेटघाट निक्कै महत्वपूर्ण भएको सामाजिक संजाल मार्फत गिरीले जानकारी गराएका छन ।
त्यसो त जर्मन बिकास बैंक (KFW)को अनुदान सहायता बाट चन्द्रागिरि नगरपालिकामा करिब एक अर्ब रुपैयाँको लागतमा थानकोट प्राथमिक अस्पताल संगै निर्माण हुने Well Equipped Satellites Maternity Hospital निर्माण कार्यको ग्लोबल टेण्डर प्रकिया अघि बढिसकेको छ ।

