काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष राजेन्द्र महर्जनले जनता स्वच्छ भए मात्रै बिकासको अनुभुति हुने बताएका छन ।

शनिबार चन्द्रागिरि –५ मा आयोजित स्वास्थ्य शिबिर उनले आम जनमानसलाई स्वास्थ्यलाई पहिलो प्रथमिकतामा राखि बिकास निर्माणमा अघि बढनुपर्ने धारणा राखेका हुन ।चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ किसिपिडी स्थित शहरी स्वास्थ्य केन्द्रमा शिविर आयोजना भएको हो ।हेल्थ घर प्रा.लि. को आयोजना र सहरी स्वास्थ्य केन्द्र चन्द्रागिरि –५ को सहयोगमा भएको शिविरमा एक सय जनाको स्वास्थ्य परिक्षण गरिएको हो । शिविरमा जनरल चेकअप,नाक कान घाँटीको परिक्षण तथा दन्त परिक्षण भएको हो ।

परिक्षण गरिएकाहरु मध्य अधिकांशको उच्च रक्तचाप,मधुमेह,कानको जालीमा समस्या तथा दातमा झन्झनाहटको समस्या देखिएको चिकित्सकहरुले बताए । उनीहरुले नियमित स्वास्थ्य परिक्षण र खानपानमा ध्यानदिन सुझाव दिएका छन ।

https://www.facebook.com/share/v/1C7k5hcRDg/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय