काठमाडौं । चन्द्रागिरि नगरपालिकाको प्रशासकिय भवनको पार्किङ्ग क्षेत्रमा रंग रोगन गर्न सुरु गरिएको छ ।
जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते उक्त स्थानमा आगजनी भएको थियो ।आन्दोलनकारीले पार्किङ्ग क्षेत्रमा रहेका ३ वटा मोटरसाइकल जलाइदिएका थिए भने नगरपालिकाको स्वामित्वमा रहेका ८ वटा सवारी साधनमा तोडफोड गरेका थिए ।स्थानीयहरुले सम्झाइ बुझाई गरेसंगै आन्दोलनकारीहरु पछि हटेकाले थप क्षति भने हुन पाएको थिएन । आगजनीका कारण धुवाँको मुस्लोले अन्डरग्राउण्ड पार्किङ्ग क्षेत्र पुरै कालो भएको थियो । पार्किङ्ग क्षेत्र र भर्याङ्गको क्षेत्रमा रंगरोगनको कार्य सुरु गरिएको हो । पार्किङ्ग क्षेत्रमा २ थरी रंग लगाइनेछन । तल्लो भागमा गाडा खालको रंग लगाइने छ जस्ले गर्दा मोटरसाइकल लगायतको चक्काले हन्दापनि रंग बिग्रने छैन । माथिल्लो भागमा भने भिन्न प्रकारको रंग लगाइने बताइएको छ ।
रंग रोगन गर्न करिव एक साता लाग्ने र सो समयसम्म भवनको बाहिरी परिसरमा पार्किङ्गको व्यवस्था मिलाइएको छ । जेन जी आन्दोलनका क्रममा तोडफोड भएका ८ सवारी साधन मध्ये ४ वटा मर्मत गरेसंगै संचालनमा आइसकेका छन ।

