काठमाडौं । सिद्धिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कुल सम्पति तथा जायजेथा ६ करोड ८७ लाख ८५ हजार रुपैयाँ बराबरको भएको छ ।

संस्थाको नवौ बार्षिक साधारण सभामा सम्पत्ति,संयन्त्र र उपकरणमा ४ लाख २९ हजार,नगद तथा बैक मौज्दातमा १ करोड १३ लाख ६१ हजार,कर्जा लगानीमा ५ करोड ३७ लाख ८९ हजार रुपैयाँ,लगानी हिसाबमा १ लाख ६५ हजार, अन्य चालु सम्पत्तिमा २६ लाख ८९ हजारु रुपैयाँ र अन्य दिर्घकालिन सम्पत्ति शिर्षकमा ३ लाख ५० हजारको सम्पत्ति रहेको जानकारी दिइएको हो ।त्यस्तै,पुँजी तथा दायित्व पनि सोहि बराबर रहेको वित्तीय अवस्थाको विवरणमा उल्लेख छ । १ करोड २३ लाख ९६ हजार रुपैयाँ शेयर पुँजी रहेको उक्त संस्थाको सदस्यहरुबाट प्राप्त निक्षेप ४ करोड ६ लाख ४३ हजार रुपैयाँ र बाह्रय क्रण तथा सापटी शिर्षकमा ६९ लाख ८ हजार रहेको वित्तीय अवस्थाको विवरणमा उल्लेख छ । कुल १ हजार ५७ सदस्य संख्य रहेको सिद्विखर बहुउद्देश्यीय सहकारी संस्था उक्त वित्तिय विवरण २०८२ असार मसान्त सम्मको हो ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रीराम लामिछानेले नवौं साभारणसभासम्म आइपुग्दा आफ्नो जिम्मेवारी सचेत र अनुशासीत ढंगबाट सम्पूर्ण सदस्यहरुलाई न्याय गर्ने उद्देश्यका साथ संस्थाको प्रगति र उन्नतिमा लागि परिरहेको दाबी गरे ।उनले सहकारीको मुलभूत सिद्धान्त र दर्शन ने समान उदेश्य भएका उत्पादक, श्रमिक एवं निम्न आय भएका वर्गहरुलाई सामुहिक रुपमा एकिकृत गरीे आर्थिक स्तर वृद्धि र समाजिक, सास्कृतिक रुपमा स्थापित गरी समतामुलक समाजको निर्माण गर्नु रहेको बताए ।संस्था सामाजिक उत्तरदायित्व अन्तर्रगत रक्तदान, वृद्धाश्रममा सहयोग, सरसफाइ, मन्दिर देवालय र विभिन्न स्थानीय क्लव, पौरणीक बाजासमूह, सामाजिक संस्थाहरुसंग मिलेर खेलकूद, सरसफाइ, विभिन्न अभियानमा सहयोग गर्दै आएको जानकारी समेत दिए ।

चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ७ मा कार्यालय राखेर संचालित उक्त संस्थाले साधारण सभा पनि सोही वडामा रहेको प्रभात माध्यामीक बिद्यालयको प्रङ्गणमा शनिबार आयोजना गरेको हो । संस्थाको अबको कार्यालय भने चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित चेकपोस्टमा रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय