काठमाडौं ।चन्द्रागिरि नगरपालिकामा जुरिस्डिक्शनल रेडप्लस “उत्सर्जन न्युनिकरण” कार्यक्रम सम्बन्धि पालिका स्तरिय एक दिने सचेतना तथा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
नगरपालिकाको सभाहलमा सामुदायीक बन उपभोक्ता महासंघ,जिल्ला काठमाडौंको आयोजनामा आइतबार भएको कार्यक्रममा नगरक्षेत्रमा रहेका २३ वटा मध्ये १८ वटा सामुदायीक बन उपभोक्ता समितिका करिव ३५ जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
जुरिस्डिक्शनल रेडप्लस “उत्सर्जन न्युनिकरण” कार्यक्रम सम्बन्धि गोष्ठीमा सामुदायीक बन उपभोक्ता समिति बागमती प्रदेशका अध्यक्ष विनोद सापकोटाले प्रशिक्षण दिएका थिए । उनले जलवायु परिवर्तनले के कस्ता प्रभाव परेका छन?न्युनिकरणका लागि बनको भुमिका के कस्तो हुन्छ?रेडप्लस केहो?बन बिनास,बन क्षयीकरण भनेको के हो? लिफ कार्यक्रम के हो?कहिले स्थापना भयो,कसरी स्थापना भयो? सुरक्षा ग्यारेन्टिका बिषय साथै लाभांश वितरण योजना,लगायतका बिषयमा सामुदायीक बनको भुमिका कस्तो हुन्छ भन्ने बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा लिफ साझेदारीता के हो? लिफमा सहभागी हुने साझेदारहरुको भुमिका र जिम्मेवारी,मजबुद कोष व्यवस्थापन प्रक्रिया,खरिदकर्ताको लागि मापदण्ड लगायतका बिषयमा सहभागीहरुलाई जानकारी दिईएको हो ।
नेपालमा सन २०२१ अक्टोबर २४मा नेपाल सरकार र इमर्जेन्ट बिच बागमती,गण्डकी र लुम्बिनी प्रदेशका ३६ वटा जिल्लाहरुमा सन २०२२ देखि २०२६ सम्म बन संरक्षणबाट हुने उत्सर्जन कटौतीको कारोबार गर्ने आशयपत्रमा हस्ताक्षर भएसंगै यसबाट सामुदायीक बन उपभोक्ता समितिले कसरी फाइदा लिनसक्छ भन्ने जानकारी गराउन कार्यक्रमको आयोजना भएको हो ।
लिफ कार्यक्रममा काठमाडौं जिल्लाका २ वटा पालिका मात्र समावेश भएको मध्य चन्द्रागिरि नगरपालिका पनि एक हो ।

