काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) को आसन्न एघारौं औं महाधिवेशन प्रतिनिधिका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० बाट २२ जनाको दाबी परेको हो ।
त्यस मध्ये महाधिवेशनका लागि काठमाडौं क्षेत्र नं. १० बाट ५ जना महाधिवेशन प्रतिनिधिले मात्र प्रतिनिधित्व गर्नेछन । महाधिवेशन प्रतिनिधिका लागि ४० बर्ष मुनिको प्रतिनिधीमा क्षेत्र नम्बर १० बाट चन्द्रागिरिका सन्तोष खड्काको एक्कल उम्मेदवारी परेको हो । खडका हाल नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य हुन ।नेकपा एमाले काठमाडौं क्षेत्र नं. १० को प्रतिनिधि उम्मेदवारहरूमा चन्द्रागिरिबाट हरिभक्त महर्जन, प्रेम बहादुर शाही, लक्ष्मी थापा सुवेदी, बुद्धलक्ष्मी महर्जन, सन्तोष खड्का, तेजिला थापा, राजु श्रेष्ठ, विन्दु श्रेष्ठ, बसन्ती श्रेष्ठ र राजन श्रेष्ठले नाम दर्ता गराएका छन् ।

काठमाडौं क्षेत्र नं. १० मा चन्द्रागिरि नगरका १५ मध्ये १० वटा वडा पर्दछ भने, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिका पर्दछ ।उम्मेदवारहरूको नाममाथि मंसिर ११ गते दाबी विरोध गर्न सकिने र मंसिर १३ गते निर्वाचन कार्यक्रमको तालिका तय गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औं महाधिवेशन मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने छ ।

