१.समानुपातिक निर्वाचन तालिका सार्वजनिक, पुस १३–१४ मा बन्द सूची बुझाउनुपर्ने, प्रत्यक्षतर्फ भने आगामी माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यतालिका
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ देखि सुरू हुने भएको छ ।समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने छन ।प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिने छ ।त्यसैगरी आगामी पुस १३–१४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने समय तोकिएको छ भने माघ ४ गते प्रारम्भिक सूची,माघ २० गते उम्मेदवारहरूको अन्तिम बन्द सूची प्रकाशन गरिने छ । प्रतिनिधिसभाका २७५ सदस्य मध्य ११० सदस्यको चयन समानुपातिक प्रतिनिधित्वद्वारा गरिने कानूनी व्यवस्था रहेको छ । १६५ सदस्यका लागि भने प्रत्यक्ष निर्वाचन हुनेछ ।प्रत्यक्षतर्फ भने आगामी माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।
२.मधेश प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने भएका छने । मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन भनिए पनि आफूले परमादेशको पत्र मङ्गलबार दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा सोही आधारमा विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्रसमेत पठाएका छन । सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो ।
३.ओलीले भने–अदालतले परिस्थिति, मान्छे र अनुहार हेरेर फैसला गर्ने होइन!
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारसम्बन्धी सर्वोच्च अदालतको आदेशप्रति कडा आपत्ति जनाउँदै त्यसलाई संविधानविपरीत भएको टिप्पणी गरेका छन्। मंगलबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन दिएको आदेश संविधानले तोकेको म्यादविपरीत रहेको भन्दै आश्चर्य व्यक्त गरे।‘संविधानले मुख्यमन्त्रीलाई ३० दिनको समय दिन्छ, तर सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भन्यो,’ ओलीले भने, ‘म सुन्दा आश्चर्यचकित भएँ।’ उनका अनुसार संविधानको धारा १६८ अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ, तर अदालतले ‘मान्छे, पार्टी र समूह हेरेर’ निर्णय गरेको जस्तो देखिने टिप्पणी पनि गरे।
४.बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
काठमाडौं ।बाजुराको सदरमुकाम मार्तडीको एक पसलमा आगलागी भएको हो । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ ।बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युतको तार ‘सर्ट’ हुँदा आगलागी भएको हो । आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ ।सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको छ ।क्षतिको विवरण भने यकिन हुन सकेको छैन ।
५.‘देश विकासका लागि श्रमदान अपरिहार्य’ :हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएकोे बताएकाछन । धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गर्दै उनले भने – “जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ । केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ । छिटो विकासका लागि श्रमदान अपरिहार्य छ ।”श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उनको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय