१.क्यानका महानिर्देशक अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, नलिञ्चोक हेलिपोर्ट निर्माणमा अनियमितता भएको आरोप

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।भक्तपुरको नलिञ्चोक हेलिप्याडमा भएको अनियमिततालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी सहित,निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारी माथि विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग गरिएको विशेष अदालतले जनाएको छ ।

२.भ्रष्टाचार विरुद्धको कारबाही रोकिँदैनः प्रधानमन्त्री कार्की

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार विरुद्धको कारबाही नरोकिने बताएकी छन ।जेन–जी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरुद्धको कारबाही सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारेकी हुन । भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचना नै धेरै रहेको अवस्थामा थप अर्को आयोग नबनाइएको पनि उनले स्पष्ट पारेकी हुन । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले आफूहरु काम गर्न नै आएको र सकेको गरिरहेका भन्दै युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरूप जसरी पनि काम गर्नुपर्ने बताइन ।
३.कुलमान घिसिङले भने–अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागेको छ

काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङले अब आफूलाई देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको बताएका छन् ।उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।उनले अघिल्लो सरकारसँगको झगडाकै उपहारस्वरुप मन्त्री पद पाएको भन्दै त्यसलाई अवसरकै रुपमा बुझेको पनि बताए । देशकै लिड (नेतृत्व) गर्नुपर्छ कि भन्ने आफूलाई लागेको उनले जिकिर गरे ।

४.मधेस प्रदेशमा सरकार गठन आह्वान, मंसिर १९ गतेसम्मको म्याद

काठमाडौं ।मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुरमा यादवले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखले प्रकृया थालेका छन् ।सर्वोच्च अदालतको परमादेशबमोजिम प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ (२) बमोजिम दुइ वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न आह्वान गरेका हुन् ।

५.हेटौँडामा भइरहेको सडक विस्तारमा अवरोध पु-याउनेलाई स्थानीय प्रशासनले कारबाही गर्ने

काठमाडौं । हेटौँडाको मुख्य सडक विस्तारमा अवरोध पु¥याउनेलाई कारबाहीको दायरामा ल्याउने स्थानीय प्रशासनले बताएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले आज सूचना जारी गर्दै हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पु-याउने र व्यवसायीलाई धम्की दिने समूहलाई कारबाहीको दायरा ल्याउने सुचनामा उल्लेख छ । सडक विस्तारमा अवरोध खडा गर्ने उद्देश्यले प्रेरित कुनै पनि गतिविधि गर्ने व्यक्तिहरुप्रति पूर्ण सचेत रहेको उल्लेख गर्दै यस अभियानमा कानुनविपरीत कार्य नगर्न र नगराउन अनुरोध गरिएको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय