काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगर समितिले भोली शनिबार “नेतृत्व, एकता र रणनैतिक भेला” गर्न लागेको हो ।
चन्द्रागिरि नगर क्षेत्रको चन्द्रागिरि पार्टी प्यालेसमा शनिबार बिहान आठ बजे भेलामा सहभागिताको लागि आव्हान गरिएको छ ।रास्वपाले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध राखेको भन्दै हस्ताक्षर संकलन अभियानले सत्यको पक्षमा उभिन सक्ने अदम्य साहस प्रमाणित गरेको दाबी गर्दै जनअवाज कमजोरहरूलाई होइन न्यायका पक्षधरहरूलाई प्रेरित गर्ने आवाज भनेको छ ।जेन्जी आन्दोलनले देशभरिको नागरिकलाई दिएको दिशानिर्देश, आवाज उठाउने हिम्मत र अन्यायसँग सम्झौता नगर्ने संस्कार लाई आत्म साथ गर्दै यही चेतनाले चन्द्रागिरिको जनअभियानलाई पनि अझ संगठित, जोडदार र प्रभावकारी बनाइदिएको रास्वपाको ठम्याइ छ ।
सामूहिक ऊर्जा, एकता र नागरिक जागरणलाई संगठन सुदृढीकरण र आगामी निर्णायक राजनीतिक यात्राको रणनीतिक रोडम्यापमा रूपान्तरण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगरको बिशेष भेला तथा अन्तरक्रिया कार्यक्रम हुन लागेको बताइएको छ ।

