काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगर समितिले शनिबार “नेतृत्व, एकता र रणनैतिक भेला” गरेको हो ।
चन्द्रागिरि नगर क्षेत्रको एक पार्टी प्यालेसमा शनिबार बिहान भएकोे भेलामा पूर्व खेलकुद मन्त्री तथा रास्वपा नेता बिराज भक्त श्रेष्ठले अर्को २ बर्ष रास्वपा चन्द्रागिरि नगर समितिले चन्द्रागिरि नगरपालिकामा छाँया सरकारको रुपमा कार्यरत रहि नेतृत्व लिन सक्ने किसिमका नेता बनाउनु पर्नेमाजोड दिए ।नगर क्षेत्रमा रहेका बेथिति,भ्रष्टाचार बिरुद्ध निर्मम भएर अघि बढन निर्देशन दिदै उनले जिल्ला,प्रदेश र केन्द्रिय कमिटि साथमा रहेको भन्दै ढाडस दिए । हर्क र कुलमानलाई इकिंत गर्दै उनले नयाँ बैकल्पिक शक्तिसंगको एकता सम्भावना भएको तर त्यसमा नेतृत्व हत्याउने स्वार्थ हुन नहुने बताए । रास्वपा छोडेका सुमना र सन्तोष प्रति लक्षित गर्दै उनले गएकाहरुको चर्चा भन्दा भएकाहरुको महत्व बुझ्नु पर्नेमा जोड दिए ।
केन्द्रिय सदस्य एवं महिला नेतृ ज्वाला संग्रोलाले सुशिला कार्कीले सभापति रवि लामिछाने माथी राजनैतिक प्रतिशोध भएकै हो,उनले न्याय पाउनुपर्छ भन्दै पटक पटक भन्ने गरेको तर प्रधानमन्त्री भएसंगै त्यो मुद्दा बिर्सिएको आरोप लगाइन । भदौ २४ गते सडकमा आएर सुशिला कार्कीले तत्कालिन सरकार प्रमुख लगायतले राजिनामा दिएर मात्रै नपुग्ने हत्याको अभियोगमा जेल चलान गर्नुपर्ने भन्दै दिएको अभिव्यक्ति स्मरण गर्दै सरकार बनेको ३ महिना पुग्नै लाग्दा उनले भनिन ‘आमा के हेरेर बसिरहनु भएको छ’?
रास्वपा काठमाडौं जिल्ला सभापति प्रदिप बिष्टले पार्टी सभापति रवि लामिछाने बिरुद्ध गएका सरकारले प्रतिशोध साधेको र जेन जी आन्दोलन पश्चात गठन भएको सरकारले पनि कुनै कदम नचालेको भन्दै रोष प्रकट गरे । उनले सभापति लामिछाने बिरुद्धको राजनैतिक प्रतिशोधमा ४० लाख भन्दा बढीको हस्ताक्षर संकलन भएको र तिनीहरु मध्ये २ लाख मात्र सडकमा उत्रिएर आन्दोलन गरेभने के होला भन्दै प्रश्न गरे ? निलो क्रान्तीले नै यो देशको परिवर्तन गर्ने सिद्धान्त बोकेर हिडेकाले रातो क्रान्ती तर्फ नलागेको भन्दै यसलाई कमजोरी नठान्न चेतावनी समेत दिए ।आगामी फागुन २१ गते आसन्न निर्वाचनलाई लक्षित गर्दै चन्द्रागिरि नगर क्षेत्रमा आ–आफ्ना वडाहरुमा रास्वपाको क्रियाकलाप र देश विकासको खाका मतदाता बिच प्रष्ट राख्न उनले कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा रास्वपा चन्द्रागिरि नगर समितिले चन्द्रागिरि नगरक्षेत्रमा अपनाउनु पर्ने रणनितिका बिषयमा प्रष्ट धारणा पेश गरेको थियो । राजनैतिक,आर्थिक,सामाजिक,सास्कृतिक,भौतिक पूर्वाधार,पर्यटन,सार्वजनिक जग्गा संरक्षण लगायतका बिषयमा ४ बुदाँमा स्पष्ट धारणा राखेको हो ।साथै चन्द्रागिरि नगरक्षेत्रका वडा नम्बर १ देखि १५ वटै वडाका वडा सभापतिहरुले वडाहरुमा रास्वपाले गरिरहेको कर्म र आगामी योजनाका बिषयमा रणनिति प्रस्तुत गरेका थिए ।

