काठमाडौं । चन्द्रागिरि नगरपालिकामा कार्यरत सातौ तहकी शाखा अधिकृत विनिता मरासिनीलाई एक कार्यक्रमका बिच बिधाइ गरिएको हो ।
चन्द्रागिरि नगरपालिकाका वरिष्ठ शाखा अधिकृत दामोदर रिजाल,तथा अन्य बिभिन्न शाखाका शाखाप्रमुख लगायतले विनितालाई बिहीबार बिधाई गरेका हुन । विनिता २०८१ पौष २५ गते देखि चन्द्रागिरि नगरपालिकामा कार्यरत थिइन । चन्द्रागिरि नगरपालिकामा ११ महिनाको कार्य दौरानमा उनले सुचना प्रविधी शाखा र पछिल्लो समय राजश्व शाखामा कार्य सम्पादन गर्दै आएकी थिइन । उत्कृष्ट व्यक्तित्व र बहुप्रतिभाकी विनिताले नगरपालिकाबाट आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उद्घोषण समेत गरेकी थिइन ।
गत मंसिर २३ गतेबाट उनले संघिय संसद सचिवालयमा संबद्ध शाखाको कार्यभार सम्हालेकी हुन । उनको थप प्रगतिको शुभकामना सहित मायाको चिनो प्रदान गर्दै उनको बिधाई गरिएको हो ।

