काठमाडौं । नेपालमा २०७५ सालदेखि सरकारी तथा गैर सरकारी तरिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान,निरन्तर मनाउँदै आइएको छ ।
“प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ अभियान अन्तर्रगत चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ नयाँ नैकापले आइतबार एक कार्यक्रमका बिच प्रशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले लैङ्गिक हिंसा हरसम्भव निराकरण नभए न्युनिकरणका लागि नगरपालिका क्रियासिल रहेको बताइन।हिंसा रहित स्वतन्त्र रुपमा बाच्न पाउने अधिकारको सुनिश्चितताका लागि अग्रसर हुनुपर्ने बताउदै प्रशिक्षितहरुले हिंसा रोकथामका लागि आ–आफ्नो भुमिका निर्वाह गर्न आग्रह गरिन ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका महिला बालबालिका,ज्येष्ठ नागरिक तथा समाजकल्याण शाखा प्रमुख रश्मी श्रेष्ठले सहभागिहरुलाई लैङ्गिक हिंसाका बिषयमा जानकारी र सचेतहुने उपायका बारेमा प्रशिक्षण दिएकी हुन ।उनले कुनै पनि व्यक्तिलाई महिला, पुरुष वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भएकै कारणले गरिने शारीरिक, मानसिक वा यौनिक अल्पसङ्ख्यक भएकै कारणले गरिने शारीरिक, मानसिक वा यौनिक रूपले दिइने पीडा वा गरिने काम र व्यवहारहरू नै लैङ्गिक हिंसा भएको बताउदै यसले कार्य स्थलमा हुने यौन जन्य दुव्र्यवहार, सामाजिक कुरीति जन्य व्यवहार लगायत लैङ्गिक आधारमा हुने हिंसा समेतलाई बुझाउँने बताइन ।
समाजमा कुनै किसिमका हिंसा हुन नदिनको लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले आ–आफ्ना कार्यक्रमहरू तय गरेको बताउदै उनले समाजमा हिंसाका घटना नघटुन् भनेर परिवार र समाजमा मेलमिलापको वातावरण निर्माण गर्नु आवश्यक छ । यदि कहीँ कतै गाउँ टोलमा हिंसाका घटना भएमा उजुरी गर्ने उपाय समेत सुझाएकी थिइन ।
कार्यक्रममा चन्द्रागिरि –१४ का वडाध्यक्ष राज भाई महर्जनले लैङ्गिक हिंसा विरुद्धको सचेतनात्मक कार्यक्रम टोल टोलमा समेत गरिनुपर्ने बताउदै सहभागिहरुलाई आफुले जानेका कुरा घर परिवार र समाजमा राख्दै हिंसा हुन नदिन वडाले गर्नुपर्ने सहकार्यमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

