काठमाडौं । चन्द्रागिरि नगरपालिकामा चालु आर्थिक बर्ष २०८२/८३ को ६ महिनामा महिनामा १७ करोड भन्दा बढी राजश्व संकलन भएको छ ।

नगरपालिकामा गत साउन १ गतेदेखि पौष मसान्त सम्म १७ करोड ६७ लाख ७० हजार ७ सय ४० रुपैयाँ राजश्व संकलन भएको राजश्व प्रशासन शाखाले जानकारी दिएको हो । राजश्व संकलनका बिभिन्न शिर्षक मध्ये सबैभन्दा बढी घर बहाल करमा ५ करोड,२६ लाख १४ हजार,सम्पत्ति करमा ४ करोड २५ लाख ६५ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।

त्यस्तै नक्शा पास दस्तुरमा २ करोड,३९ लाख ५२ हजार र व्यवसाय करमा २ कोड,३४ लाख १० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।भुमि तथा मालपोत करमा ७५ लाख एक हजार रुपैयाँ का साथै सिफरिस दस्तुरमा १ करोड ५५ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।नगरपालिकाले बिभिन्न २० वटा शिर्षकमा राजश्व संकलन गर्दै आएको छ । गत आर्थिक बर्ष २०८१/८२ मा चन्द्रागिरि नगरपालिकाले आन्तरीक तर्फ ६२ करोड ८६ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

आन्तरिक ३० करोड २९ लाख ९५ हजार ६ सय ६२ रुपैयाँ र मालपोत रजिष्ट्रेशन मार्फत ३२ करोड ५६ लाख ११ हजार ७ सय १८ रुपैयाँ राजश्व संकलन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय