काठमाडौं। आज विश्व रेडियो दिवस ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन शुरू भएको हो ।सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ । युनेस्कोका अनुसार सञ्चार माध्यमका रूपमा रेडियोको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै निर्णयकर्ताहरूलाई सूचनामा पहुँच सुनिश्चित गर्नु, रेडियोको उपयोग प्रोत्साहित गर्नु एवम् विश्वभरका प्रसारकहरूबीच अन्तर्राष्ट्रिय सहकार्य सुदृढ तुल्याउनु यस दिवसको उद्देश्य हो ।मानव समाजको विविधतालाई उत्सवका रूपमा मनाउने सशक्त माध्यमका रूपमा रेडियोलाई लिइन्छ ।

लोकतान्त्रिक संवादका लागि रेडियो महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित छ । विश्वस्तरमा अझै पनि सबैभन्दा धेरै सुनिने सञ्चार माध्यमका रूपमा रेडियो नै रहेको छ ।व्यापक श्रोतासम्म पुग्ने यसको विशिष्ट क्षमताले समाजमा विविधताको अनुभूति निर्माण गर्न, सबै आवाजलाई बोल्ने, प्रतिनिधित्व हुने र सुन्ने अवसर प्रदान गर्ने सार्वजनिक चौतारीका रूपमा रेडियोले काम गरेको छ ।

पहिले नेपालमा रेडियो लाईसेन्स लिएर मात्रै बजाउन पाईन्थ्यो ।जिल्ला पञ्चायत कार्यालयले रेडियोको लाईसेन्स दिने गर्थ्यो । लाईसेन्स लिनेको नाम थर,रेडियो यन्त्रको कम्पनि नाम,मोडल नम्बर लगायतको विस्तृत विवरण सहित लाईसेन्स जारी गरिएको हुन्थ्यो । रेडियो लाईसेन्स रिन्यु नगरेको अवस्थामा गाँउ पञ्चायतले के कति कारणले रिन्यु नगरेको हो भनि रेडियो सहित उपस्थित हुन समय सिमा नै तोकेर लाइसेन्स वालालाई पत्राचार गर्ने गर्थ्यो।

(२०२४ सालमा काटिएका पत्रहरु,यी पत्र हामीले वसन्त पन्तको फेसवुक वालबाट साभार गरेका हौं)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय