काठमाडौं । चन्द्रागिरि नगरपालिकाले दोश्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगितामा सानदार विजयी शुरुवात गरेको छ ।

समुह ’सि’ मा रहेको चन्द्रागिरिले गोर्खा लाई ८–३ गोल अन्तरले पराजित गरेको हो । चन्द्रागिरिका लागि रवि महर्जनले ४ गोल गरे, साथै राजन श्रेष्ठले ३ र मनिस खड्काले १ गोल गरे । नवराज बानियाको कप्तानीमा रहेको चन्द्रागिरिको टिमले भोलीे फागुन ७ गते बिहान पौने ८ बजे धादिङ्ग हस्पिटलसंग प्रतिष्पर्धा गर्ने छ ।

कुल ८ समुहमा खेलाइएको उक्त प्रतियोगितामा प्रत्येक समुहबाट उच्च अंक प्राप्त गर्ने २ टिम प्री क्वाटर फाइनलमा प्रवेश गर्नेछन । चन्द्रागिरि नगरपालिकामा कार्यरत कर्मचारी,अस्पतालका कर्मचारी,नगरप्रहरी र प्रविधिक सम्मिलित १२ जनाको फुटसल टिम धादिङ्गमा जारी प्रतियोगितामा सहभागी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय