काठमाडौं । काठमाडौँ उपत्यका मेयर्स फोरमको १३औँ बैठकले उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिले फोहर व्यवस्थापनका विधि र प्रविधि अध्ययन गर्नुका साथै स्थानीय तहबीच समन्वय र सहकार्य गर्नेछ । बैठकले सार्वजनिक यातायात सञ्चालनलाई दिगो बनाउन अघिल्ला अध्ययन प्रतिवेदनहरूको पुनरावलोकन गरी नेपाल सरकारसँग सहकार्य गर्ने तथा गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेनका लागि कानुन र गुरु योजना तयार गर्ने निर्णय पनि गरेको छ । फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मेट्रो अवधारणा कार्यान्वयनमा संघ सरकारसँग सहकार्य गर्न स्थानीय तह तयार रहेको बताए ।

 

बैठकअघि फोहर व्यवस्थापनको वर्तमान अवस्था र ल्याण्डफिल साइट व्यवस्थापनबारे प्रस्तुति गरिएको थियो। हाल ६ जिल्लाका २४ पालिकाको फोहर अन्तिम व्यवस्थापन उक्त साइटमा हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय