काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १ मा रहेको न्यू एरा स्कुलले शनिबार शैक्षिक प्रदर्शनी,पुस्तक मेला तथा स्वास्थ्य शिविर संचालन गरेको हो ।
शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरुले बिज्ञान,गणित,सुचना प्रविधि,खाध्य सामाग्री,कृषि लगायतका बिषय समेटिएको र शैक्षिक प्रदर्शन गरेका हुन ।
स्कुलले पहिलो पटक आयोजना गरेको यस्ता कार्यक्रमले मुलत बिद्यार्थीहरुको आत्मविश्वास बढनुका साथै अनुशासित भई श्रृजनात्मक हुने विश्वास लिईएको छ ।विद्यार्थी भाई बहिनीहरुको सिकाइका क्रममा बिभिन्न सामाग्री प्रयोग गरि सिकेका शिपलाई आफ्ना अभिभावक संग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
शैक्षिक प्रदर्शनीका साथै स्वास्थ्य शिविर पनि आयोजना भएको हो ।मेड पोईन्ट अस्पतालले आँखा शिविर रओम समाज डेन्टल हस्पिटलको सहकार्यमा दन्त शिविर राखिएको हो । शिविरबाट करिव २ सय ५० जना भन्दा बढीले सेवा लिएका छन । दाँत तथा आँखा स्वास्थ्य शिविरमा बिद्यार्थी तथा अभिभावकहरुको उल्लेखनिय सहभागिता रहेको हो ।
स्कुलले आयोजना गरेको यस्ता कार्यक्रममले आफ्ना नानीबाबुको प्रतिभा प्रस्फुटन हुन मद्दत मिल्नुका साथै बच्चाहरु श्रृजनात्मक हुने भन्दै अभिभावकहरुले खुसि व्यक्त गरे ।
स्कुलले पठ्यक्रमका साथै व्यबहारीक ज्ञान दिदाँ बिद्यार्थीहरुको आत्मविश्वास बढनुका साथै अनुशासित भई श्रृजनात्मक हुने विश्वास लिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय