काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ स्थित भकुण्डेचौरको स्तरउन्नतीका कार्य धमाधम भइरहेको हो ।
भकुण्डेचौर संरक्षण समितिले चन्द्रागिरि नगरपालिका र वडा कार्यालयको सहयोगमा चौरको स्तरउन्नती गरिरहेको हो । भकुण्डेचौरलाई ‘सेभेन ए साइड खुल्ला फुटसल’ मैदानको रुपमा विकास गर्ने लक्ष्य अनुरुपका योजनाहरुमा कार्य भइरहेको हो । वडा नम्बर ८ ले आर्थिक बर्ष २०८२/८३ मा वडा गौरव योजना अन्तर्गतको ५० लाख रुपैयाँको बजेट बिनियोजन गरेसंगै हाल पर्खाल लगाउने, मैदान सम्मयाउने कार्यहरु भएका हुन । मैदानको स्तरउन्नती सन्तोष जनक भएसंगै चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिले यसै आर्थिक बर्षमा थप १० लाख रुपैयाँ बजेट बिनियोजन गरिदिएका छन ।
यस अघि संघिय सरकारले मैदानका लागि १ करोड बजेट बिनियोजन गरेको थियो ।आ.ब. २०८१/८२ मा बिनियोजित उक्त बजेटबाट खोलाले कटान गर्ने स्थानमा पर्खाल लगाइएको थियो । अहिले मैदान ६० मिटर लम्वाई र ६० मिटर चौडाई गरि ३६ सय बर्ग मिटर क्षेत्रफलको भएको छ । सेभेन ए साइड फुटसल मैदानका लागि ५५ मिटर लम्वाई र ३५ मिटर चौडाइको आवश्यकता पर्छ । मैदानका लागि क्षेत्रफल पुगे पनि केही कार्य भने अझै बाँकी रहेको समिति अध्यक्ष बिमोद केसीले जानकारी दिए । मैदानको वरिपरि कम्पाउण्ड गर्ने, तार जालि लगाउने,साथै कृतिम घाँस बिच्छाउने कार्य बाँकी रहेको जानकारी दिदै केसी ले भने ‘आर्थिक बर्ष २०८३/८४ सम्म मैदानको कार्य सक्ने लक्ष्य राखिएको छ ।’
मैदान बने संगै चन्द्रागिरि नगर क्षेत्रमा नै ‘सेभेन ए साइड खुल्ला फुटसल मैदान’ पहिलो नमुना मैदानको रुपमा स्थापित हुनेछ । साविक मातातीर्थ गाउ विकास समिति वडा नम्बर १ मा रहेको भकुण्डे चौरमा अव्यवस्थित संरचनाहरु बन्न थालेर अतिक्रमण हुन थालेपछि स्थानिय सुदर्शन पन्तको संयोजकत्वमा आर्थिक बर्ष २०६८/६९ मा अव्यबस्थित संरचना हटाई पहिलोपटक खेल मैदानको स्वरुप दिइएको थियो ।
उक्त कार्यको झण्डै डढ दशक पछि भकुण्डे चौरले सार्थक स्वरुप पाउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय