काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासबाटै पक्राउ परेका हुन् ।
ओलीलाई पक्राउ गर्न प्रहरीले मध्यरातिदेखि नै एसएसपी सन्तोष खड्काको नेतृत्वमा टोली खटाएको थियो ।टोली पुग्दा ओली सुतिसकेका थिए । त्यसैले उनको निवास वरपर प्रहरीले तैनाथ गरेर बसेको थियो र बिहान उठ्नेबित्तिकै नियन्त्रणमा लिइएको हो ।प्रहरी आइजीपीको नक्सालस्थित निवासमा गृहमन्त्री सुधन गुरुङसहित मध्यरातसम्म भएको छलफलपछि गृह मन्त्रालयले राति नै ओलीलाई पक्राउ गर्न लिखित आदेश दिएको थियो ।पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएको छ ।
उनलाई अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ ।रेड एरियामा विशेष र जटिल प्रकारका बिरामीहरुलाई राख्ने गरिन्छ ।ओली मिर्गौला प्रत्यारोपणका बिरामी समेत रहेकाले मिर्गौला डाक्टरले स्वास्थ्य परीक्षण गर्ने तयारी छ ।
त्यस्तै, पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका हुन ।जेन्जी आन्दोलनको घटना जाँचबुझका लागि गठित गौरिबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस गरे बमोजिमको कारबाही प्रक्रिया तत्काल थाल्ने बालेन्द्र शाह सरकारको पहिलो निर्णयलगत्तै ओली र लेखकलाई पक्राउ गरिएको हो ।
सुरक्षा संयन्त्रको हकमा भने अध्ययन समिति बनाउने सरकारको निर्णय छ ।आयोगले मुलुकी अपराध संहिता २०७४ को दफा १८१ (१) र १८२ बमोजिमको कसूरमा अनुसन्धान र अभियोजन गर्न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय