काठमाडौं । चन्द्रागिरि नगरपालिकामा मंगलबार नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेको हो ।
बैठकमा सडक दुर्घटना न्युनीकरण सम्बन्धी सरोकारवालाहरुसँग योजना तर्जुमा र विषद पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धमा छलफल भएको हो । चन्द्रागिरि नगरपात्रिकालाई विश्व स्वास्थ्य संगठनको अवधारणा अनुरुप स्वस्थ शहर निर्माणको लागि सडक दुर्घटना न्युनीकरणका लागी नगरले यस अघि सरोकारवालाहरुसंग छलफल गरेको थियो ।सोही छलफलबाट आएका सुझाव समेटी आगामी चैत्र ३० गते सम्म कार्ययोजना निर्माण गरी सम्बन्धी सरोकारवालाको समन्वयमा,कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
त्यस्तै, विपद पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धमा नगरपालिकाले सरोकारवाला निकाय जस्तै नगर तथा बडामा रहेका सामाग्री बारे जानकारी लिने,विपद समितिका सबै पदाधिकारी तथा सुरक्षा निकायको सम्पर्क नम्बरहरु सार्वजनिककरण गर्ने, नगर क्षेत्रमा तालिम लिएका विपद स्वयंसेवकहरुलाई विपदको समयमा परिचालन गर्न पुर्व तयारी बैठक बस्ने लगायतको निर्णय गरेको हो । साथै,नगरपालिकामा कम्तिमा ५० जनालाई तत्काल राहत दिन सकिने गरी खाद्यान्न खरिद गरी स्टोर गर्ने निर्णय पनि बैठकले गरेको छ ।
चन्द्रागिरि नगरपालिका नगरप्रमुख तथा नगरस्तरीय विपद् व्यवस्थापन समितिको संयोजक नगरप्रमुख धनश्याम गिरीको अध्यक्षतामा बसेको बैठकमा नगरपालिकाका वडा जनप्रतिनिधीहरु,नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी,नगरप्रहरी,राजनितिक दलका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

