काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी सेवा करारमा लिने सम्बन्धी सूचना जारी गरे संगै ६ सय ९९ जनाले आवेदन दिएका हुन ।

नगर प्रहरी जवान तर्फ १६ खुला करारको लागि ५ सय ६ र नगर प्रहरी जवान ९ महिलाका लागि १ सय ९३ जनाको आवेदन परेको हो । दोब्बर दस्तुर तिरी भदौ १ गते सम्म दरखास्त दिन सकिने प्रवधान रहेकोमा भदौ १ गते सम्म उक्त संख्याको निवेदन परेको हो ।

१८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको, सेवा निवृत्त सुरक्षाकर्मीको हकमा ४५ वर्ष ननाघेको,आठ कक्षा उत्तीर्ण गरेका कुनै राजनीतिक दलको सदस्य नभएकोले आवेदन दिन सक्नेछन । पुरुषको हकमा उचाइ घटीमा ५ फिट २ इन्च, छाती नफुलाउँदा कम्तीमा ३१ इन्च र फुलाउँदा कम्तीमा ३३ इन्च, तौल कम्तीमा ५० के.जी र महिलाको हकमा उचाइ घटीमा ५ फिट, तौल कम्तीमा ४२ के.जी भएको हुनुपर्ने मापदण्ड रहेको छ । शारीरिक तन्दुरुस्ती, लिखित र अन्तर्वार्ताबाट नगरप्रहरी छनौट हुनेछन ।

छनौट भएकाहरुले चन्द्रागिरि नगरपालिकाको नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७९ तथा अन्य प्रचलित कानून बमोजिम सुविधा प्राप्त गर्नेछन । नगरपालिकाले गत साउन ९ गते नगर प्रहरी सेवा करारमा लिने सम्बन्धी सूचना जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर